छिमेक लघुवित्त वित्तीय सस्था लिमिटेड : कम्पनी विश्लेषण (बुधवार, ३० जेठ २०७५)
प्रमुख गतिविधि कम्पनीले कात्तिक २४ गते सम्पन्न गरेको १६औं वार्षिक साधारणसभाबाट १९ दशमलव ८९ प्रतिशत बोनस शेयर र २५ दशमलव ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । बोनस शेयरपछि कम्पनीको पूँजी १ अर्ब पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रोे त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा : छिमेक लघुवित्त वित्तीय संस्थाको खुद नाफा ३५ करोड ८१ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा १९ प्रतिशतको कम हो । खुद नाफामा आएको कमीसँगै प्रतिशेयर आम्दानी सन्तुलनमा राख्न सफल भएको पाइन्न । प्रतिशेयर आम्दानी भने ७० दशमलव ९३ बाट ४७ दशमलव ७६ पुगेको छ । यो अवधिमा बैङ्कको पूँजी २० प्रतिशत वृद्धि भएको छ । जगेडा कोषमा ६ प्रतिशत वृद्धि भएको छ । जगेडा कोषमा ८७ करोड ३२ लाख रुपैयाँ छ । सापटी रकममा २ प्रतिशत कमी आएर ३ अर्ब ९० करोड पुगेको छ भने कर्जा प्रवाह ३२ प्रतिशत वृद्धि भएर १६ अर्ब १३ करोड पुगेको छ । त्यस्तै, १० अर्ब ९४ करोड निक्षेप सङ्कलन गरेको छ । निक्षेप सङ्कलन ३४ प्रतिशत वृद्धि भयो । प्रमुख आम्दानीको स्रोत खुद ब्याज आम्दानी ३ प्रतिशत कम भएको छ । खुद ब्याज आम्दानीबापत ९० करोड ९१ लाख कमाएको छ, जसमा कम्पनीले ४ करोड ८८ लाख रुपैयाँ प्रोभिजन गरेको छ । जोखीम कोषबाट ८३ लाख ७८ हजार रकम फिर्ता भएको छ । निष्क्रिय कर्जा शून्य दशमलव १० प्रतिशत राख्न सफल भएको छ । त्यस्तै, निष्क्रिय कर्जाका लागि ३१५ दशमलव ३४ प्रतिशत रकम प्रोभिजन गरेको … Continue reading छिमेक लघुवित्त वित्तीय सस्था लिमिटेड : कम्पनी विश्लेषण (बुधवार, ३० जेठ २०७५)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed