सिन्धु विकास बैङ्क लिमिटेडले आव २०७४/७५ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार रू. १ करोड ८१ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा २९ प्रतिशतले कमी हो । बैङ्कले अघिल्लो आवको सोही अवधिमा रू. २ करोड ५५ लाख नाफा कमाएको थियो । बैङ्कको खर्च बढेकाले नाफा घटेको हो । सोही अवधिमा बैङ्कको चुक्तापूँजी ५९ प्रतिशतले बढेर रू. ४१ करोड ८१ लाख पुगेको छ । बैङ्कले रिजर्भ कोषमा रू. ९ करोड ४४ लाख छुट्याएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६१ प्रतिशतले बढी हो । सोही अवधिमा बैङ्कको लगानी रू. २ करोड ९५ लाख रहेको छ । साथै बैङ्कले शेयरधनीहरुको लागि ५ दशमलव ९५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैङ्क र बैङ्कको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
वर्गिकरणः विकास बैङ्क
पछिल्लो व्यापार मूल्यः रू.१४४
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. ७००
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. १३२
१८० दिनको औषत व्यापार मूल्यः रू.१४९.५८
कम्पनीका महत्वपूर्ण अनुपात :

व्यवस्थापन समूह :
अध्यक्षः राजेन्द्र कुमार श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृतः रमेश प्रसाद जोशी
प्रधान कार्यालयः बाह्रबिसे ८ सिन्धुपाल्चोक
वेबसाइटः www.sindhubank.com.np
शाखाः १५
स्टक स्टिकरः एसआइएनडियु
बैङ्कका महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा ) :

महत्वपूर्ण अनुपात :

लाभांश विवरण :

आधारभूत विश्लेषण :
बैङ्कको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :
- चुक्ता पूँजीको तुलनामा खुद नाफा ९ दशमलव ७४ प्रतिशतबाट घटेर ४ दशमलव ३४ प्रतिशतमा सीमित भएकोे छ । चैत मसान्तसम्ममा बैङ्कले रू. १ अर्ब ९७ करोड निक्षेप सङ्कलन गरी रू. १ अर्ब ५१ करोड कर्जा प्रवाह गरेको छ । सोही अवधिमा बैङ्कले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ४४ लाख ८५ हजार छुट्याएको छ ।
- बैङ्कको खुद ब्याज आम्दानी रू. ७ करोड ४० लाख, कर्मचारी खर्च रू. २ करोड ५० लाख, अन्य सञ्चालन खर्च रू. २ करोड ७३ लाख र सञ्चालन नाफा रू. २ करोड ८५ लाख रहेको छ । स्थिर सम्पत्ति रू. ५ करोड ६४ लाख र अन्य सम्पत्ति रू. ६ करोड ४१ लाख रहेको छ ।
- निष्क्रिय कर्जा १ दशमलव ३६ प्रतिशत, पूँजीकोष लागत ६ दशमलव ४० र पूँजीकोष प्रयाप्तता २७ दशमलव ५५ प्रतिशत रहेको छ । चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैङ्कको प्रतिशेयर आम्दानी वार्षिक रू. ५ दशमलव ७८, मूल्य आम्दानी अनुपात रू. २६ दशमलव ७९, प्रतिशेयर कुल सम्पत्ति मूल्य रू. ६ सय ५ दशमलव ४१ , तरलता अनुपात ४४ दलशमलव ०४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय २२ दशमलव ५८ रहेको छ । बैङ्कको सोमवारको शेयर मूल्य नेटवर्थको १ गुणा बढी छ ।
प्राविधिक विश्लेषण :
- खरीद चापः कम्पनीको सोमवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप साढे १ बढी छ । सो अवधिसम्म २ सय ७९ कित्ता शेयर खरीद गर्ने माग र २ सय कित्ता विक्री गर्ने माग रहेको थियो ।
- सोमवार भएको शेयर कारोबारको विवरण :

मैनबत्ती चित्र :
२० मार्च २०१८ १८ जुन २०१८
स्ट्याण्डर्ड डेभिएशन :
२० मार्च २०१८ १८ जुन २०१८
आरएसआई :
२० मार्च २०१८ १८ जुन २०१८
मुभिङ एभरेज :

२० मार्च २०१८ १८ जुन २०१८
- मैनबत्ती विश्लेषणः बैङ्कको ५० दिनको कारोबार अवधिको अन्तिम दिनमा सानो पुच्छर भएको सेतो मैनबत्ती आकृती बनेको छ । यस्तो आकृतीले कम्पनीको शेयर मूल्य आगामी दिनमा बढ्ने सङ्केत गर्दछ ।
- आरएसआईः बैङकको ५० दिनको कारोबारमा आरएसआई न्यूट्रल जोन (५२ दशमलव ९९ स्केल)मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनामा रहेको देखाउँछ ।
- स्ट्याण्डर्ड डेभिएशनः बैङ्कको ५० दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएशन ४ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । कम जोखिमयुक्त र पूर्वानुमान गर्न सजिलो छ । लाभ पनि न्यून हुन सक्छ ।
- मुभिङ एभरेजः बैङ्कको ५० दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिदैँ गएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा माथि छ । सोमवारको शेयर मूल्य रू. १ सय ४४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महङ्गिएमा रू. १ सय ५९ मा प्रतिरोध पाउने मूल्य सस्तिएमा रू. १ सय ३६ मा टेवा पाउने देखिन्छ ।











