असार ५, काठमाडौं (अस) । कवि एवम् लेखक वसन्त चौधरीको पछिल्लो कविता सङ्ग्रह ‘चाहतो के साये मे’ नयाँदिल्लीमा सार्वजनिक भएको छ ।
बलिउडका वरिष्ठ गीतकार समीर ‘अञ्जान’ले गत शुक्रवार एक कार्यक्रमबीच उक्त कविता सङ्ग्रह विमोचन गरेका हुन् । चौधरीको ‘चाहतो के साये मे’लाई ‘बेनेट कोलम्यान एण्ड कम्पनी’ अन्तर्गतको ‘टाइम्स ग्रूप बुक्स’ले प्रकाशन गरेको हो । २ सय ४२ पृष्ठको पुस्तकमा हिन्दी र ऊर्दूका मिश्रित सरल भाषाका कविता, गीत, गजल तथा नज्मा समेटिएका छन् ।
‘चाहतो के साये मे’ आगामी सोमवार भारतको मुम्बईमा समेत सार्वजनिक गरिने टाइम्स ग्रूप बुक्सले जानकारी दिएको छ ।