असार ५, काठमाडौं (अस) । बैङ्किङ पहुँच नपुगेका स्थानमा शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्यअनुरूप सेञ्चुरी कमर्शियल बैङ्कले थप चार शाखा सञ्चालन गरेको छ । बैङ्कले सुनसरीको चतरा र झुम्का, मोरङको रङ्गेली र झापाको चन्द्रागढीमा शाखा स्थापना गरेको छ ।
मङ्गलवार आयोजित कार्यक्रमबीच बैङ्कका अध्यक्ष राजेशकुमार श्रेष्ठले ती शाखाको औपचारिक उद्घाटन गरेका हुन् । थप शाखा सञ्चालनले यहाँका व्यवसायी तथा सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने बैङ्कका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले बताए । स्थानीय तहमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यवसायमा टेवा पु¥याउने उद्देश्यले शाखा सञ्चालन गरिएको उनको भनाइ थियो ।











