कसैले नकिनेपछि एयर इण्डियालाई सरकारले नै चलाउने

असार ६, नयाँ दिल्ली (भारत) । भारतीय विमान सेवा कम्पनी एयर इण्डिया विक्रीको योजना स्थगित भएको छ । सरकारले कम्पनी चलाउन आवश्यक फण्ड जुटाउन लागेकोले विक्री नगरिने भएको हो । यस अघि भने ऋणमा चुर्लुम्म डुबेको एयर इण्डियाको ७६ प्रतिशत शेयर विक्री गर्ने सरकारी योजना थियो । तर, कसैले पनि शेयर किन्न बोलकबोल नगरेपछि कम्पनीको दैनिक सञ्चालनका लागि सरकारले रकम उपलब्ध गराउन लागेको हो । एजेन्सी