The following two tabs change content below.BioLatest Posts अभियान संवाददाता Latest posts by अभियान संवाददाता (see all) शिक्षकको परीक्षा : दुर्गमका परीक्षार्थीलाई असुविधा – विद्युत् महशुल भुक्तानी अनलाइनबाटै – ‘२१औं एआईआरडीसी सम्मेलन–२०१८’ : प्रविधिमय बीमा बजारसम्बन्धी छलफल – काठमाडौं । यो वर्षको न्यूबिज बिजनेश स्कूल रेटिङ–र्याङ्किङ अवार्ड आगामी शुक्रवार आयोजना हुने भएको छ । कार्यक्रममा विभिन्न सात क्याटेगोरीमा छानिएका उत्कृष्ट १०/१० कलेजको घोषणा हुने आयोजक ‘न्यू बिजनेश एज प्रालि’ले जानकारी दिएको छ । यसरी हुंदैछ कार्यक्रम देशभरका १ हजार २ सय ७४ व्यवस्थापन कलेज मध्येबाट शुरू भएको छनोट प्रक्रिया विभिन्न चरण पार गर्दै अघि बढेको थियो । तथ्याङ्क सङ्कलन, सम्बन्धित कलेजमार्फत तथ्याङ्क आह्वानका साथै विज्ञ सम्मिलित छनोट समितिको विज्ञतासमेत समेटेर उत्कृष्ट कलेजहरू छानिएको संस्थाका अध्यक्ष मदन लम्सालले जानकारी दिए । अघिल्ला वर्षहरूमा जस्तै विषयगत क्याटेगोरीमा यो वर्ष पनि उत्कृष्ट कलेजहरू घोषणा हुनेछन् । साथै, प्रदेशगत उत्कृष्ट कलेज छनोट यो वर्षको थप आकर्षण रहेको छ । देशभरिका बिजनेश कलेज सहभागी हुने उक्त अवार्ड कार्यक्रममा देशका ख्यातिप्राप्त बिजनेश हाउस तथा शैक्षिक क्षेत्रका व्यक्तित्वको उपस्थिति रहनेछ । योपटक पनि एभरेष्ट बैङ्क लिमिटेड प्रायोजक र ओमान एयर सह–प्रायोजक छन् । त्यस्तै, मिडिया पार्टनर सौजन्य मिडिया रहेको छ । अवार्डको इतिहास सन् २०१३ देखि प्रारम्भ भएको उक्त अवार्डको यो वर्ष चौथो संस्करण हो । यसअघि सन् २०१३ र २०१४ मा नियमित रूपमा सम्पन्न भएको उक्त कार्यक्रम भूकम्प तथा विविध कारणले बीचमा २ वर्ष आयोजना हुन सकेको थिएन । गत वर्षदेखि पुनः निरन्तरता पाएको कार्यक्रम अघिल्ला वर्षहरूबाट प्राप्त सिकाइ कार्यान्वयन गर्दै यो चरणसम्म ल्याइएको आयोजक संस्थाका … Continue reading देशभरका उत्कृष्ट कलेजहरुबीचको अवार्ड कार्यक्रम, चौथो न्यूबिज बिजनेश स्कूल रेटिङ–र्याङ्किङ अवार्ड २०१८ हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed