असार ७, काठमाडौं (अस) । नेपाल बैङ्कको एफपीओ असार १५ गतेदेखि आउने भएको छ । बैङ्कले प्रतिकित्ता रू. २ सय ८० मा १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ जारी गर्न लागेको हो । एफपीओमा निष्कासन खुला गरिएको पहिलो दिनदेखि नै सङ्गठित संस्थाले आवेदन दिन सक्नेछन् । यस एफपीओमा न्यूनतम ५० कित्तादेखि १० अङ्कले भाग जाने गरी विद्यमान कानूनी व्यवस्थाको सीमा भित्र रहने गरी अधिकतमको लागि आवेदन दिन सकिनेछ ।
बैङ्कको एफपीओ निष्कासन बन्द मिति छिटोमा असार १९ र ढिलोमा साउन १३ सम्म रहनेछ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड र सम्पूर्ण सि आस्बा सेवामा सहभागि बैङ्क तथा वित्तीय संस्था र तीनका शाखा कार्यलयबाट आवेदन दिन सकिनेछ । बैङ्कले नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर कायम गर्नको लागि एफपीओ जारी गरेको हो । एफपीओ निष्कासन पछि बैङ्कको चुक्तापूँजी रू. ९ अर्ब ८१ करोड पुग्नेछ ।




