कालीगण्डकी कोरिडोर प्रसारण लाइन : प्रभावितलाई साढे ३ करोड मुआब्जा वितरण

The following two tabs change content below.BioLatest Posts रोशन तिवारी Latest posts by रोशन तिवारी (see all) स्थानीय तहको अनुदान रोक्का – परम्परागत प्रविधिमै अल्झियो कृषि प्रणाली – बहुमूल्य प्राकृतिक स्रोत अलपत्र – पर्वत । कालीगण्डकी कोरिडोर प्रसारण लाइनका प्रभावित बासिन्दालाई मुआब्जा वितरण गरिएको छ । ७ करोड ८६ लाख रुपैयाँ मुआब्जा वितरण गर्नुपर्नेमा हालसम्म ३ करोड ६० लाख रुपैयाँ वितरण गरिसकिएको छ । पर्वतको कुश्मा नगरपालिका २ खुर्काेटमा र म्याग्दीको दानामा स्टेशन तथा १ सय ४४ ठाउँका टावर निर्माण गर्दा लिइएको जग्गाका धनीलाई निर्धारण गरिएको जग्गाको मूल्यअनुसारको मुआब्जा वितरण गरिएको हो । आयोजना प्रमुख चन्दकुमार घोषका अनुसार पर्वतका ५७ जनालाई १ करोड र म्याग्दीका ४२ जनालाई २ करोड ६० लाख रुपैयाँ मुआब्जाबापतको रकम हस्तान्तरण गरिएको हो । थप ७६ घरधूरीलाई ३ करोड २३ लाख रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी रहेको घोषले बताए । उनका अनुसार आयोजनाले ९३ रोपनी जग्गा अधिग्रहण गर्नेछ । ‘जग्गाधनी सम्पर्कमा नआउँदा सबै रकम एकै पटक बुझाउन समस्या भयो,’ घोषले भने, ‘पर्वत र म्याग्दी जिल्ला प्रशासनबाट मुआब्जा वितरणको काम भइरहेको छ । वनको समस्याका कारण पनि काम गर्न अप्ठ्यारो भइरहेको छ ।’ धवलागिरि अञ्चलका जिल्लाका ठूला तथा साना नदी र खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न यो आयोजना निर्माण गर्न लागिएको हो । उक्त प्रसारण लाइनअन्तर्गत हाल ९ ओटा जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । प्रसारण लाइन र सबस्टेशनसँगै जलविद्युत् आयोजना निर्माणले तीव्रता पाएको छ । आयोजनाले म्याग्दीको दानादेखि पर्वतको खुर्कोट सबस्टेशनमा जोड्छ । त्यस्तै खुर्कोट सबस्टेशनबाट पर्वत, बाग्लुङ, स्याङ्जा, पाल्पा, रूपन्देही … Continue reading कालीगण्डकी कोरिडोर प्रसारण लाइन : प्रभावितलाई साढे ३ करोड मुआब्जा वितरण