पञ्चकन्या समूह : निर्माण सामग्रीमै विशिष्टीकृत

पञ्चकन्या समूह निर्माण सामग्रीको उत्पादन, आयात र आपूर्तिमा विशिष्टीकृत पहिचान भएको व्यावसायिक समूह हो । समूहले निर्माण उद्योगलाई चाहिने नयाँ–नयाँ प्रविधि भित्र्याउने, गुणस्तर कायम राख्ने र विश्वसनीयता कमाउने रणनीति लिएको छ । पञ्चकन्या स्टील एनएस चिह्न, आईएसओ प्रमाणपत्र र आईएसओ १४००१ प्रमाणपत्र प्राप्त गर्ने देशकै पहिलो स्टील कम्पनी हो । नेपाल गुणस्तर विभागले प्रदान गर्ने एनएस अवार्ड पनि सबैभन्दा पहिले सन् १९९९ मा यसै समूहको पञ्चकन्या आइरनले पाएको थियो । साथै, यही अवार्ड सन् २००८ मा पञ्चकन्या प्लाष्टिकले पाएको थियो । त्यस्तै, सन् २०१२ मा पञ्चकन्या प्लाष्टले पनि यो अवार्ड पायो । समूहले ११ वर्षअघि नै भवन तथा संरचना निर्माणमा चाहिने सिमेण्ट–कङ्क्रिटको मिश्रणलाई तयारी अवस्थामा निर्माणस्थल पुर्‍याउने र प्रयोग गर्ने कामको थालनी गरेको हो । अहिले यस्तो सेवा अरूले पनि दिन्छन् तर रेडिमिक्स भनेपछि सबैभन्दा पहिले पञ्चकन्या समूहकै नाम आउँछ । समूहले निर्माणसँग सम्बन्धित बिटुमिन एण्ड ब्यारेल, वायर, पाइप तथा फिटिङ, झ्याल, ढोका, पार्टिशन, फर्निचरलगायत सामग्री उत्पादन गर्छ । समूहका रेडिमिक्स कङ्क्रिट, स्टेनलेश स्टील ट्याङ्की, एग्रिगे्रट्स र फर्निचरका पाँच उद्योग काठमाडौंमै छन् । समूहले अन्तरराष्ट्रिय व्यापार, औद्योगिक उत्पादन, निर्माण तथा उर्जा र बैङ्कमा लगानी गरेको छ । समूहले उत्पादन नगर्ने तर निर्माण परियोजनालाई चाहिने सामग्री भने आयात गरी विक्रीवितरण गर्छ । यसका लागि समूहअन्तर्गत पाँच कम्पनी छन्, जसलाई समूहको ‘ट्रेडिङ विङ्ग’ भनिन्छ । एउटै छानामुनिबाट सम्पूर्ण निर्माण सामग्री उपलब्ध गराउन समूहले विङ सञ्चालनमा ल्याएको हो । समूहले ह्याम्स अस्पताल, काभ्रेको मल्पी इण्टरनेशनल स्कूल, हाउजिङ र निर्माण कम्पनीमा लगानी विस्तार गरेको छ । ट्रेडिङ विङ्ग सन् १९८१ मा स्थापना भएको तेज … Continue reading पञ्चकन्या समूह : निर्माण सामग्रीमै विशिष्टीकृत