विश्वकप नकआउटः पोर्चुगल र उरुग्वेको भिडन्त, स्पेनको भागमा रसिया
असार १२, काठमाडौं (अस) । रसियामा जारी विश्वकप फूटबलमा समूह ‘ए’ र समूह ‘बी’ को समूह चरणका खेल सकिएको छ । समूह ‘ए’ अन्तर्गत सोमवार राति भएको खेलमा आयोजक रसियालाई ३–० गोलअन्तरले पराजित गर्दै लगातार तेस्रो जित निकालेको उरुग्वे समूह विजेता बन्यो भने रसिया समूह उपविजेता बन्यो । समूह चरणमा लगातार दुई खेल जितेर यी दुबै टीम यसअघि नै नकआउट चरण प्रवेश गरिसकेका थिए । सोमवार नै भएको समूह ‘ए’को अर्को खेलमा साउदी अरेबियाले इजिप्टलाई २–१ ले पराजित गर्दै विश्वकपमा पहिलो जित निकालेको छ भने इजिप्ट जित बिना नै घर फर्किएको छ । समूह चरणमा लगातार दुई खेल गुमाएका यी दुबै टीम यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका थिए । यस्तै समूह ‘बी’ अन्तर्गत सोमवार राति भएको खेलमा मोरक्कोसँग २–२ गोलको बराबरी खेलेको स्पेन गोलअन्तरको आधारमा समूह विजेता बन्दै नकआउट चरण प्रवेश गरेको छ भने मोरक्को अङ्कबिहिन हुनबाट जोगिएको छ । यसअघिका दुई खेल गुमाएर अन्तिम खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिएको मोरक्कोले यो बराबरीपछि एक अङ्क जोडेको छ । समूह ‘बी’को अर्को खेलमा पोर्चुगलले इरानसँग १–१ गोलको बराबरी खेलेपछि गोलअन्तरको आधारमा समूहको दोस्रो स्थानमा पुगेको पोर्चुगल समूह उपविजेता बन्दै नकआउट चरण प्रवेश गरेको छ । एक खेल जितेको इरान पोर्चुगलसँग बराबरी खेलेपछि समूह चरणबाटै बाहिरिएको छ । उरुग्वे र पोर्चुगलबीच कडा प्रतिस्पर्धा, स्पेनको भागमा रसिया शनिवारदेखि शुरु हुने नकआउट चरणको खेलमा समूह ‘ए’को विजेता उरुग्वे र समूह ‘बी’को उपविजेता पोर्चुगलबीच कडा प्रतिस्पर्धा हुने भएको छ । उपाधि दाबेदार मानिएका दुई टीममध्ये एउटा प्रतियोगिताबाट बाहिरिनेछन् । उरुग्वे सन् १९३० र १९५० को विश्व … Continue reading विश्वकप नकआउटः पोर्चुगल र उरुग्वेको भिडन्त, स्पेनको भागमा रसिया
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed