लक्ष्मी क्यापिटल मार्केटको विशेष साधारण सभा

असार १२, काठमाडौं (अस) । लक्ष्मी क्यापिटल मार्केटको विशेष साधारण सभा असार १९ गते लक्ष्मी बैङ्कको प्रधान कार्यालय हात्तिसारमा हुँदैछ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाको विशेष प्रस्तावमा कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने रहेको छ ।