१२०४.७० विन्दुमा नेप्से (१२ बजेको अपडेट)

असार १२, काठमाडौं (अस) । मङ्गलवार कारोबार भएदेखि घटेको नेप्से एक घण्टाको अवधिमा ५ दशमलव ३९ अङ्कले घटेर १ हजार २ सय ४ दशमलव ७० विन्दुमा पुगेको छ । कारोबार भएका आठ समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक शून्य दशमलव ४५ प्रतिशतले घट्न पुगेको हो । यस अवधिसम्म कारोबार भएका ९४ कम्पनीको रू. २ करोड ६३ लाख बारबरको शेयर कारोबार भएको छ । नबिल बैङ्कको संस्थापक शेयरको रू. ७२ लाख बराबरको सर्वाधिक शेयर कारोबार भएको छ ।