काठमाडौं (अस) । नेपालको लागि हाइसेन्स ब्राण्डको आधिकारिक वितरक नवीन डिष्ट्रिब्युटर्सले सञ्चालन गरेको ‘हाइसेन्स भाइबर स्टिकर्स फर वर्ल्ड कप २०१८’को पहिलो विजेतन चयन गरेको छ ।
फूटबल विश्वकप २०१८ लाई लक्षित गरी हाइसेन्सले सञ्चालन गरेको योजनाअन्तर्गत कपिल लुइँटेलले उपहारस्वरूप टीभी प्राप्त गरेका हुन् । उनलाई नवीन डिष्ट्रिब्युटर्सका प्रबन्ध निर्देशक आशिष टिव्रेबाल तथा साउथ एशिया भाइबरका पार्टनरशिप मेनेजर नीतिन त्यागीले उपहार प्रदान गरेका हुन् । कम्पनीले ल्याएको योजना अन्तर्गत हाइसेन्स भाइबर स्टिकर डाउनलोड गर्ने ग्राहकले हरेक हप्ता एलईडी टीभी र बम्पर पुरस्कारमा स्मार्ट टीभीसँगै आकर्षक हाइसेन्स गुडिज प्राप्त गर्नेछन् ।



