‘बुटवल प्रदर्शनी केन्द्र’का लागि ग्लोबल टेण्डर
The following two tabs change content below.BioLatest Posts बीपी गौतम Latest posts by बीपी गौतम (see all) तिलोत्तमामा पूर्ण सरसफाइ अभियान : ५१ लाखमा ११ हजार डष्टबिन वितरण – सिण्डिकेट अन्त्यको प्रभाव : स्तरीय गाडी भित्र्याउन व्यवसायीको होड – घरपालुवा चौपाया बेवारिसे छाडे जरीवाना ! – रूपन्देही । बुटवलमण्डपमा निर्माण हुने अन्तरराष्ट्रिय स्तरको उच्च प्रविधियुक्त ‘बुटवल प्रदर्शनी केन्द्र’ निर्माणका लागि मङ्गलवार ग्लोबल टेण्डर आह्वान भएको छ । शहरी विकास मन्त्रालय, शहरी विकास र भवन निर्माण विभागअन्तर्गतको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन एकाइले बोलपत्र आह्वान गरेको हो । ६ महीनाभित्र प्रक्रिया सक्ने गरी बोलपत्रको काम शुरू गरिएको परियोजना प्रमुख शिखर लामाले जानकारी दिए । शुरू भएको २७ महीनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको प्रमुख लामाको भनाइ छ । साढे १६ बिगाहा क्षेत्रफल रहेको बुटवलमण्डपमा अहिले अन्तरराष्ट्रिय प्रदर्शनी स्थल (सभाहल) निर्माणको काम चलिरहेको छ । आकाशबाट हेर्दा नेपाली राष्ट्रिय झण्डा आकारमा यो प्रदर्शनी स्थलको निर्माण हुनेछ । मण्डपमै रहेको बाँकी ६ बिगाहा क्षेत्रमा व्यवस्थित प्रदर्शनी केन्द्र बनाइनेछ । बुटवलमण्डपमा काठमाडौंको भृकुटीमण्डपजस्तै भित्र खुला भएको ठूलो भवन हुनेछ । प्रदर्शनीका लागि विभिन्न व्यवस्थित क्षेत्र पनि बन्नेछन् । सोही प्रदर्शनी केन्द्रमै चिल्डेन पार्क, व्यवस्थित पार्किङ क्षेत्रसहित हरियालीयुक्त वातावरण तयार हुने बताइएको छ । विष्णुप्रसाद पौडेल अर्थमन्त्री बनेका बेला बुटवलमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्रलगायत निर्माणको सङ्कल्प गरिएको थियो । सरकारले गत माघमा मुलुकका सातै प्रदेशमा अन्तरराष्ट्रिय व्यापार प्रदर्शनी केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । व्यवस्थित प्रदर्शनी केन्द्र निर्माणसँगै बुटवलमण्डपमा अस्थायी संरचना बनाई प्रदर्शनी तथा मेला महोत्सव सञ्चालन हुँदा खेर जाने … Continue reading ‘बुटवल प्रदर्शनी केन्द्र’का लागि ग्लोबल टेण्डर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed