एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (बुधवार, १३ असार २०७५)

कम्पनीको वैशाख १० गते सम्पन्न २३औं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्तावित १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त सभाले बीमा समितिको निर्देशनबमोजिम न्यूनतम चुक्तापूँजी १ अर्ब हासिल गर्ने, संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व अनुपात क्रमशः ५१ र ४९ प्रतिशत कायम गर्ने, पहिलो चरणमा १० प्रतिशत बोनस शेयर वितरणपछि कायम पूँजीको १०५ प्रतिशत संस्थापक हकप्रद विक्री गर्ने र त्यसपछिको जम्मा पूँजीमा पुनः ३०० प्रतिशत साधारण शेयर हुनेगरी हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको छ ।