वैशाख ३० बाँके (अस) । नेपालगञ्जमा पहिलोपटक आयोजना गरिएको दुईदिने ‘भारतीय शैक्षिक मेला–२०१३’ को ५ सयभन्दा बढीले अवलोकन गरेका छन् । बिहीवारदेखि नेपालगञ्जको सेतुविक चोकस्थित होटल मारुतीनन्दनमा भएको शैक्षिक मेलामा विद्यार्थी तथा अभिभावकले विशेष चासो देखाएको आयोजक ट्र्युम्याटिक एजुकेशनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक निशान्त गौतमले बताए । मेला आइतवार सम्पन्न भयो ।
उच्च शिक्षा हासिल गर्न चाहने विद्यालयलाई लक्षित मेलामा भारतका विश्वविद्यालयमा पढाइ हुने विभिन्न विषयका बारेमा प्रत्यक्ष जानकारी दिइएको थियो । मेलामा भारतका १० ओटा शैक्षिक संस्था सहभागी थिए ।



