असार १३, काठमाडौं (अस) । माउण्टेन हाइड्रो नेपालको १२ लाख ५० हजार कित्ता आईपीओ असार २२ गतेदेखि आउने भएको छ । जसमध्ये आयोजना प्रभावित क्षेत्र ( पाँचथर, फिदिम, न.पा र हिलिहाङग गाँउपालिका वासिन्दाका लागि ७ लाख ५० हजार र पाँचथर जिल्लाका अन्य क्षेत्रका वासिन्दाका लागि ५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।
आयोजना प्रभावित क्षेत्रका वासिन्दाले यस आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतम ६ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द मिति छिटोमा साउन ४ र ढिलोमा साउन २० गते रहेको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको यस आईपीओलाई इक्रा नेपाले ग्रेड ४ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा कम रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ । यो आईपीओ निष्कासन बाँडफाँट पश्चात चुक्तापूँजी रू. १ अर्ब १२ करोड ५० लाख पुग्नेछ ।




