जेठ १२, पर्सा (अस) । नेकपा–एमालेसम्बद्ध मजदूर सङ्गठन जिफण्टमा आबद्ध तीनओटा मजदूर सङ्गठनबीच एकीकरण भएको छ । वीरगञ्जमा आइतवार सम्पन्न एकीकरण अधिवेशनबाट नेपाल स्वतन्त्र मजदूर युनियन, नेपाल स्वतन्त्र खाद्य तथा पेय मजदूर युनियन र नेपाल स्वतन्त्र केमिकल तथा आइरन मजदूर युनियनबीच एकीकरण भएको हो । एकीकरणपछि वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा तीनओटै सङ्गठनबीच एकता भएर ‘समग्र उद्योग ट्रेड युनियन’ गठन गरेको नवनिर्वाचित अध्यक्ष कृष्ण रिमालले जानकारी दिए ।
अधिवेशनले उपाध्यक्षमा कृष्ण केसी, अमृतलाल श्रेष्ठ, रमेश मैनाली, कमललक्ष्मी श्रेष्ठ,महासचिवमा आनन्द थामी, सचिवमा भैरव पाठक, दीपक खड्का र दीपक आचार्यलाई चयन गरेको छ । त्यस्तै, सदस्यहरूमा विनोद महतो, गीता भण्डारी, राजेन्द्र पौडेललाई चयन भएका छन् । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई जिफण्टका उपाध्यक्ष चुडामणि जङ्गलीले शपथ ग्रहण गराएका थिए । शनिवारदेखि जारी अधिवेशन आइतवार वीरगञ्ज घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।