गौरवका आयोजना निर्माणमा ढिलासुस्ती

The following two tabs change content below.BioLatest Posts बीपी गौतम Latest posts by बीपी गौतम (see all) तिलोत्तमामा पूर्ण सरसफाइ अभियान : ५१ लाखमा ११ हजार डष्टबिन वितरण – सिण्डिकेट अन्त्यको प्रभाव : स्तरीय गाडी भित्र्याउन व्यवसायीको होड – घरपालुवा चौपाया बेवारिसे छाडे जरीवाना ! – रूपन्देही । रूपन्देहीमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको निर्माण निराशाजनक देखिएको छ । यहाँ राष्ट्रिय गौरवका गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, बुटवल–बेलहिया ६ लेन सडक, अन्तरराष्ट्रिय सम्मेलन केन्द्र र बेलवास–बेथरी नमूना सडक निर्माणाधीन छन् । सन् २०१७ भित्र सक्नेगरी निर्माण थालिएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण हालसम्म ५० प्रतिशत मात्र सकिएको छ । आयोजनाका प्रमुख इञ्जिनीयर ओम शर्माले पछिल्लो समय काम भइरहेको बताउँदै भने, ‘पहिला केही समस्या आएको हो । अहिले काम भइरहेको छ । कुनै समस्या छैन ।’ नेपाल सरकार र एशियाली विकास बैङ्कको सम्झौतामा कुल ८ अर्ब ५५ करोड रुपैयाँको लगानीमा चीनको नर्थवेष्ट सिभिल एभीएशन कम्पनीले विमानस्थल निर्माणको जिम्मा लिएको थियो । २०६८ देखि ५ वर्षभित्र सम्पन्न गर्ने गरी शुरू भएको बुटवल–बेलहिया ६ लेनको सडकको हालत पनि उही छ । साढे ७ वर्षमा १७ किमी सडक मात्र कालोपत्र भएको छ । यो सडक २७ किमी छ । हालसम्म बुटवलतर्फ ६ किमी, भैरहवातर्फ साढे ७ किमी र बीच भागमा साढे ३ किमी सडक निर्माण सकिएको छ । २०७१ मा सम्पन्न गर्ने लक्ष्यसहित शुरू भएको आयोजना ८ वर्षमा पनि पूरा नहुँदा सर्वसाधारणको यात्रा कष्टपूर्ण भएको छ । नाकाबन्दी, नदीजन्य पदार्थ अभाव र सडक दायाँबायाँका घरहरू भत्काउन ढिलाइ हुँदा निर्धारित समयमा सडक निर्माण पूरा हुन नसकेको बुटवल–बेलहिया सडक विस्तार आयोजनाका इञ्जिनीयर गोविन्द श्रेष्ठ बताउँछन् । बुटवलमा निर्माण थालिएको उपत्यका बाहिरकै ठूलो अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम पनि ढिलाइ भएको छ । बुटवल–१०, रामनगरमा निर्माणको क्रममा रहेको सम्मेलन केन्द्रमा सभाहलको काम तीनपटक म्याद थप गर्दासमेत पूरा नहुने भएको छ । बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन एकाइका इञ्जिनीयर राजकुमार मण्डलले रूख कटानमा ढिलाइ हुँदा काम समयमा सम्पन्न गर्न समस्या भएको बताए । ३० महीनामा निर्माण पूरा गर्ने गरी २०७१ माघ १५ गते निर्माण कम्पनी रविना समानन्तर चन्द्रसूर्य जेबी कम्पनीले बुटवल सभाहलको ठेक्का सम्झौता गरेको थियो । तर, निर्धारित समयमा काम नसकेपछि आयोजनाले पटक–पटक विभिन्न कारण देखाई म्याद थप गरिरहेको छ । निर्माण सम्पन्न गर्नुपर्ने समय पूरा भए पनि अहिले पहिलो चरणको काम जम्मा ६५ प्रतिशत मात्र भएको छ । बेलबास–बेथरी सडकको निर्माण सम्झौता २०७३ मा १ अर्ब ४८ करोड ९९ लाख रुपैयाँको लागतमा गरिएको थियो । अहिले घर, नहर र बिजुलीका पोलहरू व्यवस्थापन हुन नसक्दा सडकको काम अगाडि बढ्न सकेको छैन ।