युनियन हाइड्रोको आईपीओ लाई ग्रेड फाइभ रेटिङ
असार १८, काठमाडौं (अस) । इक्रा नेपालले युनियन हाइड्रोपावर कम्पनीले स्थानीयका लागि जारी गर्न लागेको आईपीओका लागि ग्रेड फाइभ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्षलाई कमजोर रहेको बुझाउँछ । कम्पनीले एकसय अङ्कित दरको ६ लाख ३३ हजार ७ सय ४५ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट असार १४ गते स्वीकृति पाएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed