भारी वर्षाका कारण हवाई उडान बन्द, यात्रु अलपत्र
असार १९, बाँके । निरन्तर भारी वर्षाका कारण नेपालगञ्जबाट कर्णालीका पहाडी जिल्लाका लागि हुने हवाई उडान सेवा ठप्प भएको छ । आइतवार साँझदेखि शुरु भएको वर्षाले नेपालगञ्जबाट कर्णाली क्षेत्रअन्तर्गतका जिल्लामा हुने सबै हवाई उडान सोमवारदेखि बन्द रहेको नागरिक उड्डयन कार्यालय, नेपालगञ्जका सूचना अधिकारी कृष्ण गौतमले बताए । नेपालगञ्जबाट जुम्ला, हुम्ला, डोल्पा र मुगुमा दैनिक उडान हुने गरेका छन् । हुम्लाका लागि उडान नहुँदा ५०० भन्दा बढी भारतीय तीर्थयात्री त्यहाँका विभिन्न होटलमा अलपत्र परेका छन् । कर्णालीबाहेक काठमाडौंको उडान मात्र नियमित रहेको सो कार्यालयले जानकारी दिएको छ । रासस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed