असार १९, काठमाडौं (अस) । नेपाल इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयर आवेदकहरुको बाँडफाँटमा नपरेको शेयर बापतको रकम फिर्ता असार २० गतेदेखि गर्ने भएको छ । कम्पनीले असार १७ गते अवितरित हकप्रद शेयरको बाँडफाँट गरेको हो । कम्पनीले २ हजार १ सय ७७ दशमलव ३० कित्ता संस्थापक शेयर र १ लाख ५८ हजार ९ सय ४६ दशमलव ८० कित्ता शेयर असार ३ गतेदेखि १० गतेसम्म लिलामीमा ल्याएको हो । कम्पनीको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।





