रामचन्द्र शाह
अध्यक्ष, एसभी ग्यालरी
घरको भुइँ पार्केटिङले राम्रो बनाउँछ
पार्केटिङको माग अहिले बजारमा बढ्दै गएको छ । यसको प्रयोग यूरोपियन देशबाट शुरू भएको हो । यसको प्रयोग गर्न धेरै ठूला उपकरणको आवश्यकता पर्दैन । राखेको भोलिपल्टबाटै यसको प्रयोग गर्न सकिन्छ । घरको सजावटका लागि पनि यसको अहम् भूमिका रहन्छ । घरको भुइँ पार्केटिङले राम्रो बनाउँछ । घर राम्रो छ भने घरमा आउने पाहुनाले पनि सहज महसूस गर्छन् । पार्केटिङ प्रयोग गरिएको ठाउँमा कपडा नबिछ्याई बस्न, खान र काम गर्न सकिन्छ । एसी फोर पार्केटिङ १५ देखि २० वर्षसम्म र एसी थ्री १० वर्षभन्दा बढी टिकाउ हुन्छ ।
हामीले जर्मन टेक्नोलोजीबाट भारतमा बनेको ‘टेसा ब्राण्ड’का ऊडन फ्लोरिङ पार्केटको विक्री शुरू गरेको छौं । पार्केटिङमा ऊडलाई लेमिनेटेड गरिएको हुन्छ । भारत र नेपालबीचको हावापानी मिल्दोजुल्दो भएकाले भारतमा उत्पादन गरिएको टेसा ब्राण्डका पार्केटिङ नेपालमा प्रयोग गर्न उपयुक्त छ । एसभी ग्यालरीले बजारमा ल्याएको पार्केटिङ बलियो र टिकाउयुक्त छ । म सम्पूर्ण उपभोक्तालाई पार्केटिङ प्रयोग गर्न सल्लाह दिन्छु । टेसा ब्राण्डका पार्केटिङ ८ मिलिमिटर र १२ मिलिमिटरका गरी दुई साइजमा उपलब्ध छन् । यसको माथिल्लो भागमा आल्मुनियम अक्साइड र तल्लो भागमा थिक मलोमाइन कोटिङ गरिएकाले यसलाई पानीले असर गर्दैन । साथै, कीराले पनि दुःख दिँदैन । दुईओटा पार्केटिङलाई जोड्ने ज्वाइण्ट एकदमै बलियो हुनुपर्छ । ज्वाइण्ट बलियो भयो भने पार्केटिङ धेरै समय टिक्छ ।










