लुम्बिनी फाइनान्सको अनियमितता : अख्तियारमा उजुरी

The following two tabs change content below.BioLatest Posts अभियान संवाददाता Latest posts by अभियान संवाददाता (see all) शिक्षकको परीक्षा : दुर्गमका परीक्षार्थीलाई असुविधा – विद्युत् महशुल भुक्तानी अनलाइनबाटै – ‘२१औं एआईआरडीसी सम्मेलन–२०१८’ : प्रविधिमय बीमा बजारसम्बन्धी छलफल – काठमाडौं । लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीमा रहँदा त्यसका प्रबन्ध सञ्चालक चिन्तामणि भट्टराई, अन्य सञ्चालक र निर्णयकर्ताहरूले गरेको अनियमितता छानविन गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आफ्नो नाम गोप्य राखेर गत मङ्गलवार उजुरीकर्ताले लुम्बिनी फाइनान्समा भएका अनियमितताका केही प्रमाणसहित छानविन गर्न आयोगसमक्ष आग्रह गरेका छन् । आयोगमा दर्ता गरिएको २१०८८ नम्बरको उजुरीमा फाइनान्सका तत्कालीन प्रबन्ध सञ्चालक भट्टराई र अन्य कर्मचारीको मिलेमतोमा सर्वसाधारणको पैसामाथि व्यापक अनियमितता र अख्तियारको दुरुपयोग गरेको आरोप लगाइएको छ । ‘१० वर्षअगाडि लुम्बिनीको शेयर खरीद गरेदेखि अहिलेसम्म कहिल्यै पनि ५ प्रतिशतभन्दा तल खराब कर्जा नआएको र लाभांश पनि सोचेजस्तो नआएकाले फाइनान्ससँग सम्बन्धित लेखापरीक्षक, कर्मचारी र अन्य शेयरधनीहरूसँग छलफल गर्दा सञ्चालकले मनोमानी गरेर अनियमितता गरेको पाएँ,’ उजुरीकर्ताले भनेका छन्, ‘आफू जस्तै सर्वसाधारण शेयरधनी र साना लगानीकर्ताको पैसामा कम्पनीका ठूलाबडाले मोजमस्ती गर्ने, संस्थागत भ्रष्टाचार, ऐन कानूनको बर्खिलाप काम भएको, राजस्व छली, आफूले अकूत सम्पत्ति कमाउने, आप्mना आसेपासेलाई जागीर दिने, विनाधितो कर्जा दिने, कमसल धितो लिएर तथा कम मूल्यको धितोमा कर्जा दिने, धितो सुरक्षणका लागि कानूनबमोजिमको लिखत नगरी कम्पनीलाई जोखीममा पार्ने, गैरबैङ्किङ सम्पत्ति कम्पनीको नाममा नल्याएको, लामो समयसम्म त्यसलाई विक्री नगरेको, कम्पनीको नाममा रहेको गैरबैङ्किङ सम्पत्ति विक्री गरी रकम दुरुपयोग गरी आर्थिक लाभ लिने गरेको पाइएको छ ।’ लुम्बिनी फाइनान्समा रहँदा गरिएको अनियमितता ढाकछोप गर्नकै लागि साविकको भिबोर सोसाइटी डेभलपमेण्ट बैङ्कसँग २०७४ असार २५ गते मर्ज भई लुम्बिनी विकास बैङ्कको नाममा एकीकृत कारोबार भइरहेको उजुरीकर्ताले बताएका छन् । लुम्बिनी फाइनान्समा बसेर गरेको अनियमितताका कारण सर्वसाधारण निक्षेपकर्ताको करोडौं रुपैयाँ डुब्ने अवस्था आएकाले त्यहाँ भएका अनियमितताको यथाशीघ्र अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग गरिएको छ । संस्थाको अनियमितताका सम्बन्धमा राष्ट्र बैङ्कमा पटकपटक उजुरी गरिएको र निरीक्षण टोलीलाई समेत छानविनका लागि अनुरोध गर्दा पनि काम कारबाही नभएको उजुरीकर्ताको गुनासो छ । अख्तियारमा दर्ता गरिएको उजुरीमा महत्त्वपूर्ण कागजात लुकाउन सक्ने, प्रमाण नष्ट गर्न सक्ने भएकाले लुम्बिनीका पूर्वप्रबन्ध सञ्चालक चिन्तामणि भट्टराईलगायत अनियमिततामा संलग्नहरूलाई यथासक्य छिटो कारबाही गर्न माग गरिएको छ ।