– अहिले कुन ब्राण्ड र मोडलको मोबाइल प्रयोग गर्नुभएको छ ? एप्पल ब्राण्डको ‘आईफोन ४’ । – तपार्इंलाई यसको कुन फिचर बढी मनपर्छ ? यसमा इण्टरनेट राम्रोसँग चल्छ । म्यासेज पठाउँदा कम्प्युटरमा जस्तै ‘कपी पेष्ट’ गर्न मिल्ने सुविधा भएकाले धेरै जनालाई म्यासेज पठाउँदा पनि झन्झट हुँदैन । – ल्यापटप कुन ब्राण्ड र मोडलको प्रयोग गरिरहनुभएको छ ? एप्पल ब्राण्डकै ‘म्याकबुक’ – यसको सबैभन्दा राम्रो फिचर ? यसमा इण्टरनेट छिटो चल्छ । सानो भएकोले बोक्दा भारी हुँदैन । ‘डाटा’ हराउने समस्या छैन । र, भाइरसबाट पनि सुरक्षित छ । – ग्याजेट्सका रूपमा अरू केके प्रयोग गर्नुहुन्छ ? धेरै काम आईफोनबाट हुन्छ । गीतसङ्गीत सुन्न तथा अन्य काममा पनि । त्यसैले, म व्यक्तिगत प्रयोजनमा अन्य सामान प्रयोग गर्दिनँ । घरमा भने सामसुङ ब्राण्डको एलसीडी टेलिभिजन, सामसुङकै ‘क्यासेट प्लेयर’ र सोनी ब्राण्डको ‘साउण्ड सिष्टम’ छ । – अब नयाँ कुनै ग्याजेट्स खरीद गर्ने योजना छ ? सामसुङ ब्राण्डकै एलईडी टेलिभिजन खरीद गर्ने योजनामा छु । – प्रविधिको प्रयोग गर्दा के कुरामा बढी ध्यान दिनुहुन्छ ? पहिला त ग्याजेट्स नहराओस् भन्नेमै बढी ध्यान दिन्छु । लोडशेडिङका कारण बिजुली आउने–जाने समयमा उपकरण ‘सट’ हुने सम्भावना हुन्छ । यसमा पनि सचेत हुन्छु । मेरो सामग्री एक्लै चलाउन पाए हुन्थ्यो भन्ने लाग्छ । किनकि, जति धेरै जनाले प्रयोग गर्यो, त्यो सामग्री त्यति नै छिटो बिग्रने सम्भावना बढी हुन्छ । दीपक विष्टओलम्पियन मेरो सामग्री एक्लै चलाउन पाए हुन्थ्यो भन्ने लाग्छ – अहिले कुन ब्राण्ड र मोडलको मोबाइल प्रयोग गर्नुभएको छ ? एप्पल … Continue reading दीपक विष्ट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed