नेशनल हाईड्रोपावरको साधारणसभा सोमवार
असार २५, काठमाडौं (अस) । नेशनल हाइड्रोपावर कम्पनीको २१ औं वार्षिक साधारणसभा सोमवार गोदावरी अल्मोनाई एसोसियसन (जी.ए.ए) सभाहल ठमेलमा हुँदैछ । कम्पनीले असार १५ गते गर्ने भनेको साधारण सभामा गणपूरक सङ्ख्या नपुगेकाले स्थगित गरेको थियो । बिहान ११ बजे शुरु हुने सभाको प्रस्तावमा लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ । साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका असार १ गतेदेखि ८ गतेसम्म बन्द रहेको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed