असार २७, काठमाडौं (अस) । आर्थिक वर्ष २०७५/७६ का लागि नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति सार्वजनिक गरेको छ । काठमाडौंको र्याडिसन होटलमा बुधवार गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी आवको मौद्रिक नीति सार्वजनिक गरेका छन् ।
बैङ्क तथा वित्तीय संस्थाले निक्षेप र कर्जाबीचको स्प्रेडदर ५ प्रतिशत नै कायम गर्नुपर्ने भएको छ । आर्थिक वर्ष २०७५/७६ का लागि नेपाल राष्ट्र बैङ्कले बुधवार सार्वजनिक गरेको मौद्रिक नीतिले ब्याजको स्प्रेडदर ५ प्रतिशत नै कायम गरेको हो ।
बजारमा लगानीयोग्य पूँजकिो अभाव भइरहेको अवस्थामा वित्तीय संस्थाहरुले यस्तो दरलाई केहि कम गर्न सुझाव दिएका थिए ।
गभर्नर डा. चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गर्दै आगामी आवको बजेटले आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत तेकेकोमा यसलाई कायम गर्न दवाव रहेको बताएका छन् ।
राष्ट्र बैङ्कले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा आगामी आवका लागि मौद्रिक नीति सार्वजनिक गरेको हो ।
मौद्रिक नीतिको पूर्ण पाठ : –




