वाणिज्य बैङ्कले पनि धितोपत्र कारोबार गर्न पाउने
असार २७, काठमाडौं (अस) । वाणिज्य बैङ्कहरुले पनि धितोपत्र कारोबार गर्न पाउने भएका छन् । राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक नीतिले वाणिज्य बैङ्कहरुलाई धितोपत्र व्यवसायीको कारोबार गर्न दिनुपर्ने माग भई आएको सम्वन्धमा सम्बन्धित वाणिज्य बैङ्कबाट अनुरोध भई आएमा यसका लागि छुट्टै सहायक कम्पनी स्थापना गरी यस्तो कारोबार गर्न सक्ने व्यवस्था मिलाइने उल्लेख गरिएको छ । यसले धितोपत्र बजारलाई थप विस्तार र सहज बनाउने अपेक्षा लिइएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed