मङ्गलवार भएको सेमिफाइनलमा बेल्जियमलाई १–० गोल अन्तरले हराउँदै फ्रान्स विश्वकपको फाइनलमा पुगेको छ । तर, फ्रान्सेली फूटबलर किलियन एम्बाप्पेले भने आफूले कहिल्यै यसको कल्पना नगरेको बताएका छन् । स्यामुअल उम्टिटीले ५१औं मिनेटमा गरेको गोलको सहाराले फ्रान्स १९९८ मा विश्वकप जितेयता दोस्रोपटक फाइनलमा पुग्न सफल भएको हो । खेलमा एम्बाप्पेले कुनै गोल नगरेपनि साथीहरूलाई ६ पटक गोलको सुनौलो अवसर जुराइदिएका थिए । विश्वकपमा फ्रान्सलाई अन्तिमसम्म पु¥याउन १९ वर्षीय एम्बाप्पेको भूमिका महत्त्वपूर्ण छ । ‘यो अविश्वसनीय छ, यो त सपनाभन्दा पनि परको कुरा हो, भविष्यको सपना हो, सबै चिज हो,’ एम्बाप्पेले भने । आफूसँग यसको वर्णन गर्ने कुनै शब्द नै नभएको र यस्तो हुन्छ भनेर सपनामा समेत नसोचेको उनले बताए । विश्वकप सपना पूरा गर्न अझै एक चरण बाँकी नै भएपनि अहिलेसम्मको उपलब्धि नै धेरै भएको उनको धारणा छ ।
यो त सपनाभन्दा पनि परको कुरा हो : एम्बाप्पे
