कास्की (अस) । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखारामा निर्माणाधीन क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । गण्डकी प्रदेशको प्रदेश सभालाई सम्बोधन गर्न बिहीवार पोखरा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धात समयमा विमानस्थलको निर्माण सक्न निर्देशन दिएका छन् । ‘विमानस्थलको निर्माण निर्धारित समयमा सकेर अन्तरराष्ट्रिय उडानको परीक्षण गरिसक्नुपर्छ,’ आयोजनासम्बद्ध अधिकारीहरूलाई निर्देशन दिँदै ओलीले भने । सरकारले सन् २०१४ मेमा चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईलाई विमानस्थल निर्माणको ठेक्का दिएको थियो । नेपाल सरकार र चिनियाँ कम्पनीबीच विमानस्थल निर्माण तोकिएको समयमा नसके कम्पनीले क्षतिपूर्ति तिर्ने सहमति भएको छ । विमानस्थल ईपीसी मोडलमा निर्माण गरिनेछ । कम्पनीले २०२१ को जुलाई १० मा विमानस्थल सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माण समयभित्र सम्पन्न गर्न निर्देशन
