बाउन्स चेक खुला : भुक्तानी भएमात्र चेक दिनेलाई कारबाही
The following two tabs change content below.BioLatest Posts विकास भट्टराई Latest posts by विकास भट्टराई (see all) सर्वोच्चको ठहर : ‘चिकित्सक पनि कारबाहीको घेरामा’ – सर्वोच्च अदालतको आदेश : मदिरा ऐनको प्रभावकारी कार्यान्वयन – अनुमति नदिई मदिरा बेच्नेलाई तुरुन्त कारवाही गर्न सर्वोच्चको आदेश – काठमाडौं । चेकमा उल्लिखित रकम खातामा नभए पनि बैङ्कका कर्मचारीले चेकवाहकलाई भुक्तानी दिएको भएमात्र बैङ्किङ कसूरअन्तर्गत आरोपितलाई सजाय गर्न सकिने नजीर सर्वोच्च अदालतले स्थापित गरेको छ । चेक अनादर हुनासाथ बैङ्किङ कसूरमा आरोपितलाई सजाय गर्न सरकारी पक्षले गरेको मागलाई अस्वीकार गर्दै कायममुकायम प्रधान न्यायाधीश दीपकराज जोशी र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले यस्तो नजीर स्थापित गरेको हो । काठमाडौं महानगरपालिका वडा नं २८ बाङ्गेमुडा बस्ने गीता स्थापितले अप्सरा खतिवडासँग लिएको ऋण बैङ्कमार्फत भुक्तानी दिन चेक काट्दा चेकमा उल्लिखित रकम खातामा नभएपछि सरकारले स्थापितलाई बैङ्किङ कसूरमा कारवाही गर्न माग गर्दै उच्च अदालत, पाटनमा मुद्दा दायर गरेको थियो । सो अदालतले बैङ्किङ कसूरमा कारबाही गर्न अस्वीकार गर्दै वादी दाबीसमेत खारेज गरेको थियो । त्यसपछि सो मुद्दा सर्वोच्व अदालत पुगेको थियो । सर्वोच्च अदालतले एक वर्षअघि यस मुद्दाका फैंसला गरेको भए पनि बिहीवार मात्र विस्तृत व्याख्यासहितको निर्णय प्रकाशित गरेको छ । सर्वोच्च अदालतले बैङ्किङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ३ (ग) को व्याख्यासमेत गरेको छ । त्यसमा ‘आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानीजानी चेक काटी भुक्तानी लिन वा दिन नहुने’ भन्ने कानूनी व्यवस्था छ । यस्तो व्यवस्था खातामा रकम नभए पनि मनपरी चेक काटी दुःख हैरानी दिने र तत्काल चेकवाहकलाई झुक्याउने कार्य नियन्त्रणको लागि … Continue reading बाउन्स चेक खुला : भुक्तानी भएमात्र चेक दिनेलाई कारबाही
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed