सरकारले ल्यायो ‘भूमि सुशासन’ एप
The following two tabs change content below.BioLatest Posts अभियान संवाददाता Latest posts by अभियान संवाददाता (see all) शिक्षकको परीक्षा : दुर्गमका परीक्षार्थीलाई असुविधा – विद्युत् महशुल भुक्तानी अनलाइनबाटै – ‘२१औं एआईआरडीसी सम्मेलन–२०१८’ : प्रविधिमय बीमा बजारसम्बन्धी छलफल – काठमाडौं । सरकारले भूमिसम्बन्धी सम्पूर्ण जानकारी दिने मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘भूमि सुशासन’ नामक एप्स प्रयोगमा ल्याएको हो । यस एपलाई नक्सा नामक कम्पनीले विकास गरेको हो । एप्समा मन्त्रालयका भूमिसम्बन्धी सेवाको सम्पूर्ण जानकारी उपलब्ध हुनेछ । भूमिसम्बन्धी कानूनसमेत एप्समा समेटिएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव जनकराज जोशीले बताए । मोबाइल एप्समा भूमि नापजाँचसम्बन्धी जानकारीसमेत राखिएको छ । साथै, एप्समै मालपोत, नापीलगायत कार्यालयमा दिइने निवेदनका ढाँचा डाउनलोड गर्ने व्यवस्था छ । सामान्य नागरिकले जग्गासम्बन्धी भोग्ने समस्यालाई एप्सले समाधान गर्ने प्रयास गरेको बताइएको छ । जग्गाबारे सर्वसाधारणमा बारम्बार उठ्ने जिज्ञासालाई समेटेर एकै ठाउँमा उत्तर सङ्कलन गरिएको जाशीको भनाइ छ । यस एपमा भूमिसम्बन्धी पदावलीको अर्थ नेपाली र अङ्ग्रेजी दुवै भाषामा राखिएको छ । मालपोत र नापी कार्यालयको ठेगानासहितको विवरण त्यसमा समेटिएको छ । यस एपमा भूमिसम्बन्धी कार्यालय, त्यहाँबाट प्रदान गरिने विभिन्न सेवा, आफूलाई चाहिने कार्यालय पत्ता लगाउने तरीका र नापी क्याल्कुलेटरसमेत समावेश गरिएको मन्त्रालयले जानकारी दिएको छ । ‘यस एपबाट मालपोत, नापी र भूमिसुधार कार्यालयका मुख्य सेवाको विवरण सजिलै प्राप्त गर्न सकिन्छ,’ एप डेभपल गर्ने नक्साका संस्थापक उत्तम पुडासैनीले भने, ‘यस एपमा राखिएको बडापत्रमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालका सबै विभाग र कार्यालयबाट प्रदान गरिने सेवा, ती सेवा लिन आवश्यक कागजात, लाग्ने … Continue reading सरकारले ल्यायो ‘भूमि सुशासन’ एप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed