साउन ७, काठमाडौं (अस) । गत आवको चौथो त्रैमासमा चौतारी लघुवित्त वित्तीय संस्थाको नाफा ७८ प्रतिशतले बढेर रू. १ करोड २ लाख पुगेको छ । रू. ९८ लाख ८५ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढेको हो । असार मसान्तसम्ममा कम्पनीले रू. २२ करोड ३४ लाख निक्षेप सङ्कलन गरी रू. ७७ करोड ५५ लाख कर्जा प्रवाह गरेको छ ।
सोही अवधिमा कम्पनीको लगानी रू. १० लाख रहेकोछ । रिजर्भ कोषमा रू. १ करोड ४९ लाख छुट्याएको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ४८ प्रतिशत रहेको छ । कम्पनीले आईपीओ जारी गर्नको लागि असार ७ गते सेबोनमा निवेदन दिएको छ । ५ लाख ४० हजार कित्ता आईपीओ जारी गर्नको लागि निवेदन दिएको हो ।




