अग्रणी पर्यटन व्यवसायी पोखरेलको निधन
काठमाडौं (अस) । नेपालको पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व टेकचन्द्र पोखरेलको सोमवार निधन भएको छ । उनी ८४ वर्षका थिए । लामो समयदेखि कलेजोको क्यान्सरबाट पीडित उनको चावहिलस्थित ओम हस्पिटलमा निधन भएको थियो । पाँच दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रको विकासमा समर्पित पोखरेलको स्वास्थ्य स्थितिमा समस्या आएपछि विहान ५ बजे ओम हस्पिटल लगिएको थियो । करीब १० बजेतिर उनको निधन भएको बताइएको छ । नेपालको पर्यटन उद्योगलाई विविधीकरण गर्न उनको महत्वपूर्ण योगदान रहेको सोही क्षेत्रसँग सम्बद्ध व्यक्तिहरू बताउँछन् । उनले पर्यटन उद्योगसँग सम्बद्ध विभिन्न सङ्घसंस्थाको नेतृत्व तहमा बसेर महत्वपूर्ण योगदान पुर्याएका थिए ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed