काठमाडौं (अस) । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इण्टरकण्टिनेण्टल प्रालिले हुण्डाई परिवार प्रिभिलेज कार्ड योजना ल्याएको छ । हुण्डाईको निरन्तर यात्रामा साथ दिँदै आइरहेका ग्राहकको जीवनमा थप खुशी पु¥याउन यो योजना ल्याइएको कम्पनीले बताएको छ । यसका लागि कम्पनीले ग्राहकको जीवनसँग जोडिएका विभिन्न सेक्टरका कम्पनीसँग सम्झौता गरेको छ । यो सम्झौताबाट हुण्डाई परिवारका ग्राहकले विभिन्न आउटलेटबाट धेरै किसिमको लाभ लिन सक्ने बताइएको छ । हुण्डाई परिवारका ग्राहकले आफ्नो हुण्डाई परिवार प्रिभिलेज कार्डको प्रयोग गरी विभिन्न फाइदा लिन सक्नेछन् । कम्पनीले ९ फेब्रुअरी २००९ देखि हुण्डाई गाडीको आयात गरी विक्री तथा विक्रीपछिका सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ ।
हुण्डाईको ‘परिवार योजना’
