भक्तपुरको कला सङ्ग्रहालय : मल्लकालीन शैलीमा पुनर्निर्माण गरिँदै

The following two tabs change content below.BioLatest Posts अभियान संवाददाता Latest posts by अभियान संवाददाता (see all) करदाता शिक्षा र घुम्तीसेवा ग्रामीण क्षेत्रमा – पीपीएमा नयाँ आधार तय : प्राधिकरणको एकाधिकार अन्त्य – रियल स्कूल अफ नेपाल २०१८ : नारायणघाटको सैनिक आवासीय महाविद्यालय बन्यो विजेता – भक्तपुर । भक्तपुरको दरबार क्षेत्रस्थित राष्ट्रिय कला सङ्ग्रहालय रहेको भवन र लाल बैठक भवनलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गरिने भएको छ । राणा शासनकालमा यूरोपेली शैलीमा जीर्णोद्वार गरिएको सो ऐतिहासिक न्हृयकं झ्यः दरबार २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको थियो । उक्त दरबारलाई मल्लकालीन संरचनामा पुनर्निर्माण गर्न भक्तपुर नगरपालिका, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पुरातत्त्व विभागबीच सहमति भएको छ । यद्यपि, भक्तपुर दरबार क्षेत्र विश्व सम्पदामा सूचीकृत भएकाले युनेस्कोको प्रधान कार्यालय, पेरिसमा अनुमतिका लागि पुरातत्त्व विभागमार्फत अनुरोध पत्र पठाइनेछ । हाल दरबारको आधा भाग मल्लकालीन शैली तथा बाँकी आधा भाग यूरोपेली शैलीमा छ । मङ्गलवार नगरपालिकाका प्रमुख सुनील प्रजापति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा र पुरातŒव विभागका महानिर्देशक भेषनारायण दाहालबीच भएको बैठकबाट दरबारसँग सम्बन्धित ऐतिहासिक प्रमाणहरूको आधारमा मल्लकालीन शैलीमै पुनर्निर्माण गर्ने निर्णय गरिएको छ । नगरपालिकाले दरबारका ऐतिहासिक प्रमाण तथा चित्रहरू सङ्कलन गरी सम्पदाकै रूपमा संरक्षण गर्न विस्तृत नक्सा डिजाइनसहित विज्ञहरूबीच छलफल गरिसकेको छ । छलफल र अध्ययनको निचोडअनुसार दरबारको सम्पूर्ण भाग मल्लकालीन शैलीमा पुनर्निर्माण गर्न मन्त्रालय र विभाग सहमत भएको थियो । युनेस्कोबाट अनुमति प्राप्त भएपछि दरबार पुनर्निर्माणका लागि विनियोजित बजेट नगरपालिकाको बैङ्क खातामा जम्मा गरी नगरपालिका र पुरातŒव विभागको संयुक्त पहलमा उपभोक्ता समितिमार्फत उक्त दरबारको पुनर्निर्माण गरिने विषयमा … Continue reading भक्तपुरको कला सङ्ग्रहालय : मल्लकालीन शैलीमा पुनर्निर्माण गरिँदै