प्यूठान (अस) । जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्यूठानले ट्राफिक नियमको उल्लङ्घन गरी सवारी चलाउने चालकहरूलाई कारबाही गरी गत आर्थिक वर्षमा रू. ३६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ ।
सो अवधिमा ६ हजार २ सय ५० सवारीसाधनलाई कारबाही गरिएको कार्यालयका प्रहरी नायक निरीक्षक छविलाल ढकालले जानकारी दिए । कारबाहीमा परेकामध्ये सबैभन्दा बढी मोटरसाइकल चालक छन् । कार्यालयका अनुसार गत आवको तुलनामा राजस्व सङ्कलन बढेको छ । वर्षेनि सवारी चाप बढ्नु र ट्राफिक नियम जानाजान उल्लङ्घन गर्नुले बढी सवारी चालक कारबाहीमा पर्ने गरेको ढकालले बताए ।











