भद्रपुर । तेस्रो मुलुकबाट आयातित मरिचका कारण स्थानीय किसानले उत्पादन गरेको मरीचविक्री हुन छाडेको छ । झापाको अर्जुनधारा, मेचीनगर र बुद्धशान्तिमा मरिचको व्यावसायिक खेती हुने गरे पनि मरीच विक्री नहुँदा सयौं किसान मारमा परेका छन् ।
अर्जुनधारा नगरपालिकाका कृषि शाखाका अधिकृत शालिकराम भट्टराईका अनुसार जिल्लामा आर्थिक वर्ष २०७४/७५ मा १७ मेट्रिक टन मरीचउत्पादन भएको छ । सुपारीको बोटमा लहराएर फल्ने भएकाले मरिचको खेतीलाई ‘परजीवी खेती’ समेत भनिन्छ । गतवर्ष प्रतिकिलो मरीचरू. एक हजार ६ सयमा घरबाटै विक्री भएको थियो । यसवर्ष रू. ४ सयमा समेत विक्री नभएको अर्जुनधारा–१० का दिनबन्धु पोखरेलले बताए । ‘मैले यसपाली छ सय किलो मरीचउत्पादन गरेको छु’, उनले भने–‘ तस्करी गर्न तेस्रो मुलुकबाट आयात गरिएको मरिचका कारण हाम्रो उत्पादन बिकेन ।’
मेची भन्सार कार्यालय, काँकडभिट्टाकाअनुसार आव २०७४/७५ मा ९६ हजार ८ सय किलो मरीचआयात भएको थियो । भन्सार प्रमुख टेकबहादुर अर्यालका अनुसार इण्डोनेसिया, श्रीलङ्कालगायत तेस्रो मुलुकबाट मरीचआयात गरिँदै आएको छ । यसरी आयात गरिएको मरीचतस्करी गरी भारतमा विक्री हुने गरेको छ । रासस