The following two tabs change content below.BioLatest Posts रोशन तिवारी Latest posts by रोशन तिवारी (see all) स्थानीय तहको अनुदान रोक्का – परम्परागत प्रविधिमै अल्झियो कृषि प्रणाली – बहुमूल्य प्राकृतिक स्रोत अलपत्र – पर्वत । कुश्मा नगरपालिका–१२, ठूलीपोखरीकी कमला लामिछानेले गत वर्ष केश श्रृङ्गारसम्बन्धी तालीम लिइन् । उनी अहिले एक संस्थामा बजार प्रतिनिधिको काम गर्छिन् । सदरमुकाम कुश्माकी सविता पुरी र सुनीता गुरुङले सोही तालीम लिए पनि नियमित घरकै काममा व्यस्त छन् । लक्ष्मी गिरी, मुना लामिछाने, आरती रेग्मीले सिलाइकटाइ तालीम लिए पनि तालीमअनुसारको काममा लागेको देखिन्न । शीप सिकेर व्यवहारमा लागू गर्ने सयमा ५ जना पनि भेटिन्न । व्यावसायिक तथा शीप विकास तालीम केन्द्र पर्वतले महिलालाई केश श्रृङ्गार, सिलाइकटाइ, बुटिकजस्ता तालीम सञ्चालन गर्दै आएको छ । बेरोजगार महिलालाई रोजगार बनाउने उद्देश्यले दिने तालीम निःशुल्क हुने गरेका छन् । तर, तालीमपश्चात् अधिकांश महिला स्वरोजगारतर्फ लागेको देखिन्न । ‘हामीले सबैले रोजगारी गरून् भन्ने चाहन्छौं,’ तालीम केन्द्रका प्रमुख किरणचन्द्र सुवेदीले भने, ‘कतिपयले व्यवसाय शुरू गरेका पनि छन् तर लगानीको अभावले अधिकांश महिलाले तालीमलाई उपयोग गर्न नसकेको कुरा सत्य हो ।’ सदरमुकाम कुश्मामा ब्युटिपार्लर खोल्ने महिलाहरू केन्द्रबाटै तालीम लिएका रहेको उनले बताए । गत आर्थिक वर्ष २०७३/७४मा व्यावसायिक तथा शीप विकास तालीम केन्द्रले करीब ३० लाख रुपैयाँ तालीममै खर्च गरेको छ । ७ सय ७ ओटा दीर्घकालीन र २ सय ९२ अल्पकालीन गरी ९ सय ९९ ओटा तालीम सञ्चालन गरिएको छ । केन्द्रले महिलालाई सिलाइकटाइ, केश श्रृङ्गार, अचार बनाउने, कम्प्युटर तालीम दिने गरेको छ । पुरुषका लागि हाउस वायरिङ, प्लम्बिङ, मोटरसाइकल मर्मतजस्ता तालीम … Continue reading शीप सिक्दै, हराउँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed