पुरातात्त्विक सम्पदाको डिजिटल अर्काइभ राख्दै कामपा

काठमाडौं (अस) । काठमाडौं महानगरपालिकास्थित शहरी योजना आयोगले आलू आर्थिक वर्षमा पुराताŒिवक सम्पदाको डिजिटल अर्काइभ बनाउनेसहितका अन्य कार्यक्रम गर्ने भएको छ । यीमध्ये पुराताŒिवक सम्पदाको डिजिटल अर्काइभ राख्ने काम नयाँ र महत्त्त्वपूर्ण भएको उक्त योजना आयोगका सदस्य–सचिव सरोज बस्नेतले जानकारी दिए । कामपाका अन्य काममा टेकुमा रहेको पचली भैरवको संरक्षण, आकाशे पुल निर्माण, स्मार्ट टेक्नोलोजी कम्पिटिशन, तथ्याङ्क केन्द्र स्थापना, प्रशासनिक सुधार, सामुदायिक कार्यक्रमको मूल्याङ्कनलगायत छन् । त्यसैगरी अनौपचारिक क्षेत्र सुधार, वातावरणीय अध्ययन अनुसन्धान, साझेदारी विकास, सामुदायिक स्वास्थ्य सेवा तथा फार्मेसी सेवा सञ्चालन, महानगरपालिकाको गुणस्तरीयतासम्बन्धी मापदण्ड, न्यून आय भएका परिवारका लागि भाडाघर निर्माणसम्बन्धी अध्ययन, शहरी यातायात सुधारसम्बन्धी अध्ययन, साइकल ट्र्याक निर्माण, सार्वजनिक संरचना मर्मतजस्ता कार्यक्रमसमेत छन् । रासस