पहाडको टाकुरामा बोरिङबाट पानी

The following two tabs change content below.BioLatest Posts रोशन तिवारी Latest posts by रोशन तिवारी (see all) स्थानीय तहको अनुदान रोक्का – परम्परागत प्रविधिमै अल्झियो कृषि प्रणाली – बहुमूल्य प्राकृतिक स्रोत अलपत्र – पर्वत । फलेवास–३, पोखराचौरका भीमप्रसाद भुसालले आफ्नो दैलोअगाघि जमीनबाट पानी निस्किने कल्पनासमेत गरेका थिएनन् । तराईमा मात्रै बोरिङबाट पानी निकालिएको देखेका भुसाललाई आफ्नै घरअघि जमीन धस्साएर पानी निकालेको सपनाजस्तै लागेको छ । उनीजस्तै ६७ वर्षीय टीकावल्वभ भुसाल पनि बोरिङबाट पानी निस्किएकोमा दङ्ग छन् । पोखराचौरको शिव मन्दिरनजीकै ३० मिटर जमीन मुनिबाट पानी निकालिएको छ । जिल्लाकै सबैभन्दा उच्च भागमा रहेको ठाउँबाट बोरिङ मेशिनले खनेर पानी निकालिएपछि गाउँलेले अब आफूहरूको दुःखको दिन गएको ठानेका छन् । ३ हजार १४ मिटर उचाइमा रहेको यो गाउँमा जमीन मुनिबाट पानी निस्केला भन्नेमा आफूहरूले शुरूमा विश्वास नै नगरेको स्थानीयले बताए । गत हिउँदमा त्रिभुवन विश्वविद्यालयका भूगर्भविद्हरूको टोलीले यहाँको भित्री भागमा पानीको सतह रहेको पत्ता लगाएका थिए । भूगर्भविद्हरूको उक्त सर्वेक्षणपछि स्थानीयले फलेवास नगरपालिकालाई गुहारेर मेशिनमार्फत डीप बोरिङ गराएका थिए । डीप बोरिङका लागि केन्द्र सरकारबाट २० लाख रुपैयाँ विनियोजन भएको नगरपालिकाले बताएको छ । ‘पानी निकाल्न सम्भव छ भन्ने पुष्टि भएपछि हामीले सबैतिर पहल थाल्यौं,’ नगरप्रमुख पदमपाणि शर्माले भने, ‘प्रयासअनुसार सफल भइयो ।’ प्रतिसेकेण्ड ५ लिटरका दरले निस्कने पानी पहिलो चरणमा बिष्टपानीका करीब सय घरमा वितरण गरिने स्थानीय अगुवा कमलप्रसाद भुसालले बताए । ‘हाल ३० मिटरबाट पानी निस्केको छ,’ उनले भने, ‘अन्य ठाउँबाट निकालेर गाउँभरि एक घर, एक धारा वितरण गरिनेछ ।’ बिष्टपानी साविक शङ्करपोखरी गाविसको वडा नं २ पर्छ । यहाँ करीब १ सय घरधुरी छन् । … Continue reading पहाडको टाकुरामा बोरिङबाट पानी