ताप्लेजुङ (अस) । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्ला विपद् व्यवस्थापन समितिलाई उद्धारका सामग्री सहयोग गरेको छ । जिल्लामा आइपर्ने विभिन्न किसिमका प्राकृतिक विपद् व्यवस्थापन थप प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिकाले हालै ६० हजार मूल्यबराबरको १५ थान स्टे«चर प्रदान गरेको हो । जिल्ला प्रशासन कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष सरोज एभेङले उद्धारका सामग्री विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए । जिल्लामा आइपर्ने विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री नभएको भन्दै प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका संयोजक मोहनबहादुर जिसीले केही महीनाअघि सबै स्थानीय तहलाई सहयोगका लागि आग्रह गरेका थिए । यसअघि जिल्लाका आठराई त्रिवेणी, पाथीभरा याङ्वरक, मिक्वाखोला र फुङलिङ नगरपालिकाले उद्धारका सामग्री प्रदान गरेको बताइएको छ ।
गाउँपालिकाद्वारा उद्धार सामग्री सहयोग











