बस्ती संरक्षणका लागि ३ करोड माग

The following two tabs change content below.BioLatest Posts रोशन तिवारी Latest posts by रोशन तिवारी (see all) स्थानीय तहको अनुदान रोक्का – परम्परागत प्रविधिमै अल्झियो कृषि प्रणाली – बहुमूल्य प्राकृतिक स्रोत अलपत्र – पर्वत । जिल्लाको जलजला गाउँपालिका–७ र ८ को बस्ती संरक्षणका लागि ३ करोड ५० लाख रुपैयाँ माग गरिएको छ । गत साउन १ गते राति आएको बाढीले कटान गरेको बस्तीलाई थप कटान हुन नदिन उक्त रकम माग गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको हालै बसेको बैठकले खोलाको कटान नियन्त्रण गर्न सहयोग माग गर्ने निर्णय गरेको हो । बाढी र पहिरोले कटान गरेको क्षेत्रमा भावी जोखीम नियन्त्रणका लागि नदी किनारमा तत्कालै तटबन्ध बनाउनुपर्ने भएकाले गण्डकी प्रदेश तथा सङ्घीय सरकारको भौतिक पूर्वाधार विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा उक्त रकम माग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । पहिरोले जलजला–८ को बरनेटा गाउँ विस्थापित भएको छ । लस्तीखोलाको कटानले १ सय २० घर जोखीममा परेका छन् । १२ घर विस्थापित भएर विद्यालयको प्राङ्गणमा आश्रय लिएर बसेका छन् । बस्ती संरक्षण गर्न र खोलाको कटानबाट जोगाउन जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय बागलुङबाट लागत इष्टिमेट तयार गरिएको छ । कार्यालयको इष्टिमेट र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय लिएर गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल र उपाध्यक्ष सीमा गर्वुजा पुन सहयोग माग्दै सङ्घीय सरकार र प्रदेश सरकारका मन्त्रालय र विभागमा पुगेका छन् । बाढी र पहिरोले क्षति पुर्‍याएको लस्ती फर्से सिँचाइलगायतका सिँचाइ योजना मर्मतका लागि ३१ लाख १८ हजार रुपैयाँ माग गर्ने निर्णय पनि बैठकले गरेको छ … Continue reading बस्ती संरक्षणका लागि ३ करोड माग