तुइन विस्थापन गर्न अझै २ वर्ष

The following two tabs change content below.BioLatest Posts हिमा वि.क. Latest posts by हिमा वि.क. (see all) कित्ताकाटमै अल्झियो बाहिरी चक्रपथ – यातायातमा लगानी गर्न प्रोत्साहन – पुनर्निर्माण : बन्दै छ आर्थिक वृद्धिको संवाहक – काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा मुलुकबाट तुइन विस्थापित भएको बताए पनि यथार्थ भने त्यसविपरीत रहेको छ । तुइन विस्थापन हुन अझै २ वर्षभन्दा बढी समय लाग्ने देखिएको छ । तुइन विस्थापनको कार्य गर्दै आएको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)का अनुसार तुइन विस्थापित गरी एउटा झोलुङ्गे पुल निर्माण गर्न कम्तीमा २ वर्ष लाग्छ । यो तथ्यलाई आधार मान्दा मुलुकबाट तुइन विस्थापन हुन अझै २ वर्ष लाग्ने निश्चित देखिन्छ । महाकाली नदीसँग जोडिएका भारत र नेपालका सीमाक्षेत्रमा झोलुङ्गे पुल निर्माणको काम अझै शुरू भएको छैन । यसले गर्दा तुइनको पूर्ण विस्थापन गर्न अझै वर्षाैं लाग्ने देखिएको हो । विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठले तुइन विस्थापनको ८० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । उनले भने, ‘सम्भावित १ सय ३२ र भारतसँग जोडिएका ५ गरी १ सय ३७ तुइन विस्थापित गर्नुपर्ने थियो । सोही लक्ष्यअनुसार अहिले विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनबाट १८ र स्थानीय तहबाट ९ ओटा गरी २७ ओटा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छन् ।’ उनले चालू आर्थिक वर्ष २०७५/७६ मा तुइन विस्थापनको काम ९० प्रतिशत सकिने दाबी गरे । विभागअन्तर्गतकै झोलुङ्गे पुल महाशाखाका प्रमुख गुरु शर्माले दार्चुलाका ४ स्थान (माल, बडुगाउँ, बर्तिघाट, बाँकु) र बैतडीको (पञ्चेश्वरघाट)का तुइन विस्थापित गर्न समय लाग्ने बताए । ‘दार्चुलाका ती स्थानमा झोलुङ्गे पुल निर्माणका … Continue reading तुइन विस्थापन गर्न अझै २ वर्ष