राष्ट्र बैङ्कले दियो स्वीकृति : मार्जिन कारोबारको बाटो खुला
The following two tabs change content below.BioLatest Posts प्रजिता बुढाथोकी Latest posts by प्रजिता बुढाथोकी (see all) नेपालमा धितोपत्र बजारको विकास र सम्भाव्यता – राष्ट्रिय बीमा संस्थान : २ अर्ब चुक्तापूँजी पुर्याउने तयारी कहाँ अल्झियो ? – अनलाइन ट्रेडिङमा लगानीकर्ताको उत्साह देखिएन – काठमाडौं । नेपाल राष्ट्र बैङ्कले धितोपत्र दलाल व्यवसायीहरूका लागि ‘मार्जिन लेण्डिङ’ सेवा प्रवाह गर्न बाटो खोलिदिएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले यस्तो कारोबारसम्बन्धी कार्यविधि बनाई राष्ट्र बैङ्कसँग अनुमति माग्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई निर्देशन दिएको थियो । सोही निर्देशनबमोजिम नेप्सेले पेश गरेको कार्यविधिलाई राष्ट्र बैङ्कले स्वीकृति दिएको हो । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले मार्जिन कारोबार सञ्चालनका लागि राष्ट्र बैङ्कबाट एक हप्ताअघि नै स्वीकृतिपत्र प्राप्त भएको जानकारी दिए । उनका अनुसार सो स्वीकृति पत्रको सम्बन्धमा नेप्सेको सञ्चालक समितिको बैठकमा भने छलफल हुन बाँकी छ । बोर्डमा छलफलपछि सो सेवा प्रवाह गर्न इच्छुक धितोपत्र दलाल व्यवसायीलाई दर्ताको लागि सूचना जारी गर्ने तयारी नेप्सेको रहेकोसमेत पराजुलीले बताए । उनले भने, ‘मार्जिन कारोबार सेवा प्रदान गर्न इच्छुक व्यवसायीले भने नेप्सेको स्वीकृति लिई कारोबार गर्नुपर्ने छ ।’ नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउनेसम्बन्धमा बोर्डले गत कात्तिकमै मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका, २०७४ जारी गरेको थियो । धितोपत्र लगानीकर्तालाई मार्जिन लेण्डिङ सेवा उपलब्ध गराउने तथा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यले जारी गरिएको निर्देशिकाबमोजिम कार्यविधि बनाई नेप्सेले यसअघि नै बोर्डको समेत स्वीकृति लिइसकेको छ । नेप्सेका अनुसार मार्जिन कारोबार सञ्चालनका लागि दलाल व्यवसायीहरू बाध्य भने हुने छैनन् । हाल नेपालमा सञ्चालित ५० धितोपत्र दलाल … Continue reading राष्ट्र बैङ्कले दियो स्वीकृति : मार्जिन कारोबारको बाटो खुला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed