नेपाली उद्यमी र हनानका व्यवसायीबीच सहकार्य

काठमाडौं । हनान प्रोभिन्सियल फेडेरेशन अफ इण्डष्ट्री एण्ड कमर्शका अध्यक्ष लियाङ चिङको नेतृत्वमा नेपाल भ्रमणमा आएको हनानको व्यापारिक प्रतिनिधिमण्डलसँग नेपाल चाइना चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीको टोलीले भेटवार्ता गरेको छ । भेटका अवसरमा द्विपक्षीय आर्थिक व्यापारिक तथा पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको नेपाल चाइना चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । सो अवसरमा हनान प्रोभिन्सियल फेडेरेशन अफ इण्डष्ट्री एण्ड कमर्श तथा नेपाल चाइना चेम्बरबीच संयुक्त लगानी प्रवर्द्धन, व्यापार विस्तार एवम् विविधीकरणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ । सहमतिपत्रअनुसार दुवै संस्थाले एक आपसमा सहकार्य गर्नुका साथै विभिन्न व्यापारिक सूचनाको आदानप्रदानसमेत गर्नेछन् । साथै, आर्थिक, व्यापारिक तथा पर्यटन सम्बन्ध विस्तारका लागि दुवै देशमा हुने सभा, सेमिनारजस्ता कार्यक्रममा सहभागी हुन एकआपसमा सहयोग गर्नेसमेत उल्लेख छ । सो अवसरमा अध्यक्ष श्रेष्ठले नेपाल–चीनको पुरानो सम्बन्धको चर्चा गर्दै नेपाल चाइना चेम्बर तथा हनान प्रान्तबीच लामो समयदेखि सूचनाको आदानप्रदान भइरहेको तथा नेपालीले व्यापारिक मेलामा भाग लिइरहेको बताए । हनान प्रोभिन्सियल फेडेरेशन अफ इण्डष्ट्री एण्ड कमर्श प्रतिनिधिको यो भ्रमणबाट व्यापार वृद्धि तथा लगानीका लागि सहज वातावरण बन्ने उनको भनाइ थियो । यसले आर्थिक व्यापारिक सम्बन्ध विस्तार, पर्यटन, उद्योग, तयारी पोशाक तथा लगानी वृद्धिमा सहयोग गर्दै जाने उनले बताए । सो अवसरमा हनान प्रोभिन्सियल फेडेरेशन अफ इण्डष्ट्री एण्ड कमर्शका अध्यक्ष लियाङ चिङले हनान औद्योगिक तथा अत्याधुनिक पर्यटन तथा सांस्कृतिक शहरमात्र नभएर यातायात विकास, ई–कमर्श तथा औषधिजन्य उत्पादनका लागि चीनमै प्रख्यात रहेको जानकारी दिइन् । हनान प्रान्तीय सरकारले आयोजना गर्ने अन्तरराष्ट्रिय आर्थिक तथा व्यापारिक मेलामा नेपाली उत्पादन प्रदर्शनका लागि उनले निमन्त्रणासमेत गरिन् । हनान प्रान्तका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्नेसमेत … Continue reading नेपाली उद्यमी र हनानका व्यवसायीबीच सहकार्य