बुटवल औद्योगिक क्षेत्र : विस्तारका लागि जग्गा नहुँदा तला थप्दै उद्योग
The following two tabs change content below.BioLatest Posts बीपी गौतम Latest posts by बीपी गौतम (see all) तिलोत्तमामा पूर्ण सरसफाइ अभियान : ५१ लाखमा ११ हजार डष्टबिन वितरण – सिण्डिकेट अन्त्यको प्रभाव : स्तरीय गाडी भित्र्याउन व्यवसायीको होड – घरपालुवा चौपाया बेवारिसे छाडे जरीवाना ! – रूपन्देही । रूपन्देहीको बुटवल औद्योगिक क्षेत्र विस्तार योजना सफल हुन नसकेपछि उद्योगहरूले आफ्नो क्षमता बढाउन भवनमा तला थप्न थालेको पाइएको छ । औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगहरूले जग्गा अभाव भएको भन्दै भवनमा तला थपेर उत्पादन क्षमता विस्तार गरेका हुन् । ४ सय ३४ रोपनी क्षेत्रफलमा रहेको बुटवल औद्योगिक क्षेत्रमा नयाँ वा सञ्चालित उद्योग विस्तार गर्न जग्गाको अभाव छ । यस कारण साविकै भवनमा तला थपेर उद्योग चलाउनुपरेको रूपन्देही उद्योग सङ्घका अध्यक्ष गणेश अधिकारीले बताए । यसो गर्दा पूर्वाधार व्यवस्थापन खर्च बढी भएको भएको उनले गुनासो गरे । ‘जग्गाकै अभावमा केही एकतले उद्योगले तला थपेर दुई वा तीनतले बनाइसकेका छन्,’ उनले भने, ‘जग्गा पर्याप्त भएको भए यो अवस्था आउँदैनथ्यो ।’ वन मन्त्रालयले रूख कटान गर्न इजाजत नदिएपछि बुटवल औद्योगिक क्षेत्र विस्तार योजना अलपत्र छ । जिल्ला प्रशासन कार्यालय, बुटवल उपमहानगरपालिका (तत्कालीन नगरपालिका) र जिल्लामा रहेका उद्योग सङ्गठनहरूले संयुक्त रूपमा औद्योगिक क्षेत्रको विस्तार योजना बनाएका थिए, जसअनुसार पूर्व–उत्तर २ सय ४० रोपनी र दक्षिण–पश्चिममा ३ सय रोपनी क्षेत्रफल बढाउन लागिएको थियो । औद्योगिक क्षेत्रको १ सय ४३ रोपनी ओगटेको सरकारी स्वामित्वको धागो कारखाना हाल बन्द छ । त्यस्तै, वुटवल उपमहानगरपालिकाको समेतको लगानी रहेको २८ रोपनी क्षेत्रफल ओगटेको पशु वधशाला सञ्चालन हुन सकेको छैन । उद्योगीहरूले धागो … Continue reading बुटवल औद्योगिक क्षेत्र : विस्तारका लागि जग्गा नहुँदा तला थप्दै उद्योग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed