बुटवल–बेलहिया सडक निर्माण सुस्त

The following two tabs change content below.BioLatest Posts बीपी गौतम Latest posts by बीपी गौतम (see all) तिलोत्तमामा पूर्ण सरसफाइ अभियान : ५१ लाखमा ११ हजार डष्टबिन वितरण – सिण्डिकेट अन्त्यको प्रभाव : स्तरीय गाडी भित्र्याउन व्यवसायीको होड – घरपालुवा चौपाया बेवारिसे छाडे जरीवाना ! – रूपन्देही । बुटवल–बेलहिया ६ लेन सडकको निर्माण आउँदो भदौमा पूरा नहुने देखिएको छ । व्यापारिक मार्ग विस्तार आयोजनाले आगामी दशैंमा बुटवल–बेलहियाको यात्रा सहज हुने बताउँदै आएको थियो । तर, अझै ६ किलोमिटर सडक बन्न बाँकी रहेकाले बाँकी अवधिमा निर्माण पूरा हुने सम्भावना देखिँदैन । सडक निर्माणमा ढिलाइ हुँदा यात्रु र स्थानीय बासिन्दाले लामो समयदेखि सास्ती खेप्नुपरेको छ । नेपाल–भारत पारवहन सहज पार्न र व्यापार विस्तार गर्ने उद्देश्यले आर्थिक वर्ष २०६८/६९ देखि ६ लेन लेन सडकको काम थालिएको थियो । आयोजनाका इञ्जिनीयर गोविन्द श्रेष्ठले पछिल्लो समय तोकिएको अवधि (भदौ मसान्तसम्म)मा सडक निर्माण पूरा गर्न असम्भव भएको बताए । ‘निर्माण गर्न बाँकी सडकको ठेक्का सम्झौता भदौ मसान्तसम्म छ,’ श्रेष्ठले भने, ‘ठेकेदारले धमाधम काम गरे पनि समयमा पूरा हुने देखिएन ।’ मुख्य लेनमा कालोपत्र गर्न बाँकी मणिग्रामदेखि गोदार इञ्जिनीयरिङसम्मको खण्डमा अहिले काम भइरहेको छ । मुख्य लेन निर्माण गरिएको स्थानमा पनि सर्भिस लेनको काम बाँकी नै छ । आयोजनाले चारओटै ठेकेदारको सम्झौता ४ महीना थप्ने तयारी गरेको बुझिएको छ । आयोजनाका अर्का इञ्जिनीयर योगेन्द्र अधिकारीले यस वर्ष लक्ष्यअनुसार काम भए पनि निर्धारित समयमा काम पूरा हुने अवस्था नरहेको बताए । यो सडक निर्माणमा शुरुआतबाटै ढिलाइ भइरहेको छ । निर्माण हुन बाँकी धेरैजसो सडक तिलोत्तमा नगरपालिकामा परेकाले नगरपालिकाले … Continue reading बुटवल–बेलहिया सडक निर्माण सुस्त