सिंहदरबार गाउँगाउँ पुग्दै

नेपालमा सरकार चलाउनेहरु जनतालाई अधिकार दिने कुरामा निकै उदार छन् । पैले पञ्चायतले शक्ति विकेन्द्रीकरण भनेर राजदरबारको अधिकार जिल्ला जिल्लामा पुर्‍यायो । रातारात बाँझो बारीमा काउली पनि फुलायो । पञ्चायत ढल्यो र पो । नत्र अहिलेसम्म नेपाली जनता कति शक्तिशाली भइसक्थे । त्यसपछि नेताहरूले देशमा प्रजातन्त्र हुँदै गणतन्त्र ल्याए । अनि उनीहरुले त सिंहदरबारै गाउँगाउँमा पुर्‍याउने भनेका छन् । यति भनेपछि सिद्धिगो नि ! त्यो क्रम नयाँ संविधान जारी भएर नयाँ सरकार चुनिएर आएसँगै शुरु पनि भइसकेको छ । अहिले नेपाली सबै जनता शक्तिशाली भइसकेका छन् । उनीहरु बीचबाटै केही नयाँ शक्तिशाली नेता बनिसकेका छन् । आफ्ना गाउँशहरमा आफैले चुनेर बनाइएका नेता र अझ भनौं– नयाँ स्थानीय सरकारका मालिक आफ्नै अगाडि चिल्लो कारमा बाइरोडको बाटोमा धूलो उडाउँदै, हात हल्लाउँदै हिँड्न सक्ने भएका छन् । यो देख्दा गौरवको अनुभूति नहुने कुरै भएन । अस्ति मङ्गलवार प्रदेश राजधानी जनकपुरबाट सिम्पल महिला राज्यमन्त्री डिम्पलले पचासौं गाडीहरुको ताँती लाएर आफ्नो गाउँ जाँदा उनको दर्शन गर्न पाएर स्थानीय जनता भावविह्वल भएका थिए । यो त एउटा उदाहरण मात्रै हो । के पहिले यस्तो सम्भव थियो र ? विकेन्द्रीकरण केवल प्रदेश र स्थानीय निकायमा मात्र भएको छैन । पञ्चायतकालमा पनि नदिएको अधिकार सरकारले नेपाली सेनालाई दिन शुरू गरेको छ । खासगरी सेनाले मागेजति बजेट दिने र पूर्वाधार निर्माणका काम सकेसम्म सेनालाई नै दिने गरेर सरकारले आफ्नो अधिकार विकेन्द्रीकरण गर्दै जाने प्रशस्तै सङ्केत दिन थालेको छ । जनताले वर्षौं लडेर, दुःख झेलेर ल्याएको गणतन्त्र आखिर यस्तै दिन देख्नका लागि त हो नि । काठमाडौंको सिंहदरबारमा बस्ने ठूला … Continue reading सिंहदरबार गाउँगाउँ पुग्दै