कालीगण्डकी कोरिडोर : प्रसारणलाइनको निर्माण कार्य तीव्र
म्याग्दी । म्याग्दी र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न शुरू गरिएको कालीगण्डकी कोरिडोर प्रसारण लाइनको निर्माण तीव्र गतिमा भइरहेको छ । कोरिडोरअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २ सय २० केभी क्षमताको ३९ किलोमिटर लामो प्रसारण लाइन र सबस्टेशन निर्माणले गति लिएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटमा विद्युत् सबस्टेशन निर्माण भइरहेको सो आयोजनाको प्रसारण लाइन टावर निर्माणले समेत गति लिएको छ । दाना–खुर्कोटसम्म १ सय १४ टावर निर्माण गर्नुपर्नेमा हालसम्म ३५ मात्र सम्पन्न भएको छ । करीब १ दर्जन स्थानमा टावर निर्माण भइरहेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए । सो खण्डको डिजाइनको सबै काम भने सकिएको छ । ‘टावर निर्माण तीव्ररूपमा अगाडि बढेको छ,’ उनले भने, ‘फाउण्डेशनको काममा जोड दिएका छौं, समयमै काम सक्न प्रयासरत छौं ।’ उनका अनुसार सबस्टेशनको समेत पूर्वाधार निर्माणलाई तीव्र पारिएको छ । नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैङ्कको सहयोगमा कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत सन् २०१६ देखि दानादेखि खुर्कोट जोड्ने प्रसारण लाइन र सबस्टेशन निर्माण शुरू गरेको थियो । रू. २ अर्ब ९० करोडमा ठेक्का सम्झौता गरेका टाटा प्रोजेक्ट्स र चिण्ट इलेक्ट्रिक जेभीले सबस्टेशनको पूर्वाधार, प्रसारण लाइनको टावर निर्माणसँंगै इलेक्ट्रोनिक उपकरण खरीदको कामलाई अघि बढाएका छन् । सन् २०१८ नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिइएको आयोजनाका प्राविधिक सहायक प्रबन्धक लक्ष्मण फुँयालले जानकारी दिए । सो आयोजनाको अहिलेसम्म ६२ प्रतिशत बढी निर्माण सम्पन्न भएको छ । कालीगण्डकी कोरिडोर प्रसारण लाइनअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा दाना–खुर्कोटमा सबस्टेशन र प्रसारण लाइन निर्माणको काम अघि … Continue reading कालीगण्डकी कोरिडोर : प्रसारणलाइनको निर्माण कार्य तीव्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed